दिपक योगी – काठमाडौं
आज काठमाडौंको भृकुटीमण्डपमा छैटौं राष्ट्रिय च्याउ दिवस , च्याउ मेला तथा परिकार महोत्सव सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका कृषि मन्त्री माननीय रामनाथ अधिकारीले उद्घाटन गरेका छ्न । उक्त महोत्सवको अवसरमा बक्ताहरुले च्याउ खादाखेरी अनिसियट, प्रोटिन शरीरमा हुने विभिन्न किसिमका रोगहरुसंग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको बिकास गराउने धारणा राखे !
महोत्सव लाई सफल र सभ्यरुपमा सम्पन्न गर्न नेपालका धेरै कृषि सम्बन्धि सस्थाहरुले सहयोग गरेका थिए। उक्त कार्यक्रममा बोल्दै नेपाल किसान आयोगका सल्लाहकार कृष्ण राज तिमल्सिनाले पुलिसहरुले बाटोबाटोमा किसानहरूबाट घुस खाने, किसान लाई दु:ख पिडा दिने, हेप्ने र देशमै केहि गर्छौं भन्ने किसानलाई बिदेशीन बाध्य गराएका भनी दु:ख व्यक्त गरेका छन् । यो कुराको अन्त्य कहिले हुन्छ भन्दै मन्त्रीसंग जवाफ मागेका छन । साथै १० टनको गाडीले ७ टन बोकेर हिन्दापनी ठाँउ ठाउँमा रोकाएर चिट काट्ने र पैसा लिने गरेको पनि बताए ! कृष्णराजले भने मन्त्री ज्यु कुनै साधारण जनताको भेषमा गएर हेर्नुभयोभने तपाईंलाई पैसा मागेको घुस खाएको र पुलिसले कति ठाँउमा घुस लिएको देख्नुहुन्छ र किसानलाई दुख दिएको सबै थाहा पाउनुहुने छ भन्दै मन्त्रीलाई सुझाव दिएका छन । यो बिषयमा म आफैपनी पीडित हौं भन्दै दु:ख व्यक्त गरेका छ्न । उनले नेपालको पुलिस प्रसासन बाटै किसान पीडित रहेको ठोकुवा गरे । यो कुरामा तत्काल भोलिदेखिनै मन्त्री ज्युले एक्सन लिनुपर्ने जनाएका छन ।साथै कृष्णराजले नेपालको किसानले उत्पादन गरेको उत्पादनलाई अगाडि नबढाएको र बिदेशी उत्पादनलाई धेरै बढवा दिएको जिकिर गरे । कार्यक्रममा सम्पूर्ण देशै भरीका च्याउ किसान सम्मानित भएका छ्न ! कार्यक्रमलाई विभिन्न नाचगान ले भब्य र रमाइलो गरिएको थियोे ।

