काठमाडौँ /कामनपा १५ वडाको आयोजनामा फागुनको दोस्रो हप्तामा भव्यतासाथ स्वयम्भू महोत्सव हुने भएको छ। यही फागुन १० देखि १७
गतेसम्म हुने महोत्सवको कामनपाका मेयर बालेन शाहले उद्घाटन गर्नुहुने छ।उक्त कुरा बिहीबार अपरान्ह एक पत्रकार सम्मेलनमा वडा अध्यक्ष ईश्वर मान डंगोलले सार्वजनिक गर्नुभएको हो ।

