सुनचाँदीको ज्याला जर्ती निर्देशिका नवन्दा यो बजारमा मनलाग्दी छ । पछिल्लो समयमा नेपालमा सुनचाँदी व्यवसाय वृहत उद्योग व्यवसायम रुपान्तरण भइरहेको
छ । राज्यले उठाएको राजश्वले चालु खर्च पनि धौं धौं परिरहेको अवस्था छ ।सुनचाँदीको ज्याला–जर्ती निर्देशिका नवन्दा यो बजारमा मनलाग्दी छ । पछिल्लो समयमा नेपालमा सुनचाँदी व्यवसाय वृहत उद्योग
व्यवसायमा रुपान्तरण भइरहेको छ ।
नन्दलाल खरेल
राज्यले उठाएको राजश्वले चालु खर्च धान्न पनि धौं धौं परिरहेको अवस्था छ । यस्तो अवस्थामा अराबौं राजश्वको योगदान रहेको यो
व्यवसायलाई व्यवस्थित र नियमवद्ध बनाउनुको साटो व्यवसायीलाई अनेक वहानामा राज्यले दुःख दिइरहेको छ । यो व्यवसायलाई व्यवस्थित र मर्यादित गर्न ऐन,नियम, कानून, निर्देशिकाको आवश्यक रहेको छ । तर दशकौं देखि संघ महासंघले घच्घच्याउँदा पनि अहिले सम्म ऐन, निर्देशिका वन्न सकेको छैन । स्पष्ट मापदण्ड सहितको कानूनी व्यवस्था नहुँदा
सुनचाँदी व्यवसाय अन्यौल र कारोवारमा पर्ने
खतरा वढेको छ । सुनचाँदी बजारमा गुणस्तरका
नाममा मनलाग्दी छ । गहना व्यवसायीले ज्याला
र जर्तीका नाममा १०–१५ प्रतिशत सम्म शुल्क लिने गरेका छन् । केहिलेत जर्ती नभनी ज्यालाका नाममा चर्को शुल्क असुल्ने गरेका छन् । सुनको गहनाको खरिद विक्री हुँदा ग्राहकसँग कुनै पनि जर्ती वापतको शुल्क नलिने राजधानीको ऋद्धिसिद्धि ज्वेलर्सले झन ठूलो भ्रम छरी उपभोक्ता (ग्राहक) लाई लुटिरहेको छ । आज उनले जर्ती नलाग्ने भनि व्यापक विज्ञापन गरी जर्तीमा लाग्ने मूल्य भन्दा वढी ज्याला वापत एकमुष्ठ रकम असुली रहेका छन् । हिजोको दिनमा उनैले १० देखि २० प्रतिशत सम्म जर्ती लिई समान बेचेका थिए । त्यतिमात्र होइन उनले ज्याला पनि छुट्टै लिन्थे । आज उनले ज्यालामा कहिले ७ त कहिले ५.९९ प्रतिशत र अहिले10प्रतिशत मात्र लिने र जर्ती नलाग्ने भनि उपभोक्तालाई समान वेचिरहेका छन ।
उनको यो अभियान आफैले झुटो साबित गरेका छन् । उनले जर्ती लिन्न ज्याला मात्र लिन्छु भनेका थिए तर यो बिलबाट प्रष्ट छ .६८० ग्रामको तिलहरी (जसको शुद्धता ९९+÷–.१%) बेच्नु पर्दा १२.५०% जर्ती (०.८५ ग्राम) तथा ज्याला ५०० लिएर दिएता पनि यो बिलको रेट अनुसार १०२९२ हुन्छ तर यहाँ १३०००। लिएको छ ।

ग्राहकलाई भ्रम पारेर उनले गहना बेचिरहेका छन् । राज्य भने मौन छ ।कतै यो कार्यमा उच्च तहका नेता माफिया तथा तस्करहरु पनि हुन सक्ने प्रशस्त शंका छ ।सुनचाँदीका गरगहना बनाउदा क्षय हुने चिज नै जर्ती हो । जती धेरै बुट्टा अथवा डिजाइनमा गहना बनाइन्छ त्यति नै बढी जर्ती लाग्ने गर्छ । अर्थात सुनको कच्चा पदार्थ क्षय हुन्छ बीना जर्ती कुनै कुनै पनि व्यवसायीले सुनचाँदीको गहना विक्री गर्न सक्दैन । ज्याला भनेको सनुचाँदीको गहना बनाउदा लाग्ने श्रम हो । जति धेरै डिजाइनमा गहना बनाइन्छ त्यति नै बढी श्रम लाग्छ । श्रम अनुसार डिजाइन अनुसार कालीगढले आफ्नो श्रमको मूल्य लिने गर्छन । जर्ती नै नलिइ कसैले आफ्नो समान वेच्छु भन्नु मुर्खता हो ।
गहना बजारलाई व्यवस्थित गर्न ऐन तथा निर्देशिका जरुरी छ । गहनामा राखीने जर्ती
देखि त्यसको ज्यालासम्ममा मनलाग्दी छ ।
केहि व्यवसायीले ज्याला जर्ती र कहिले ज्याला
मात्र भने र सर्वसाधारणलाई झुक्याइरहेका
छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता
संरक्षण विभागलाई पनि के आधारमा अनुगमन गर्ने ? कुन कसुर निर्देशिकालाई मानेर
कारवाही गर्ने ? भन्ने नै निक्र्योल छैन । यस अघि विभागले २०७० बैशाखमा न्यूरोड क्षेत्रका गहना पसलमा अनुगमन गर्दा केहि
सुनचाँदी व्यवसायीले तोकिए भन्दा कम तौल तथा गुणस्तरको सुनचाँदी बिक्री गरेको भेटाएको थियो । निर्देशिका विना अनुगमन गरेको भन्दै व्यवसायी आन्दोलित भएका थिए । २०७० बैशाख १३ मा व्यवसायीले वाणिज्य मन्त्रालयमा सचिवस्तरीय वार्तासमेत गरेका थिए । वार्ताले व्यवस्थित निर्देशिका बनाउने
सहमति गरेको थियो । विभागले पुनः अनुगमन गरेपछि देशभरका गहना व्यवसायी एक साता आन्दोलनमा उत्रिएका थिए । त्यसपछि सरकार र व्यसायीबिच १५ दिनभित्र मापदण्ड बनाएर अनुगमण गर्ने, निर्देशिका भित्र नपरेका व्यवसायीलाई कारवाही गर्ने सहमति जुटेको थियो । तर सहमति भएको ११ वर्ष बित्नै लाग्दा अझै निर्देशिका बन्न सकेको छैन ।नेपालमा अहिले दैनिक रुपमा सुन बिक्रि वितरणको कोटा छ । त्यसमा पनि उपत्यका र बाहिरको लागि विभिन्न मापदण्ड राखेर कोटा वितरण गरिदै आएको छ । बैंक हुँदै सुनचाँदी व्यवसायी महासंघ र संघहरु हुँदै कोटा वितारण गरिदै आएको हो । तर अदालतले सुन वितरण सम्बन्धमा गत महिना नयाँ आदेश जारी गरेको
छ । सर्वोच्च अदालतले वाणिज्य बैंकहरुले आयात गर्ने सुन वितरणमा हुँदै आएको व्यवस्था हटाउन आदेश दिएको हो । सुनचाँदी व्यवसायीसँग सम्बन्धित संघ तथा महासंघले सुन वितरण गरिरहेको भन्दै दायर रिटमा सर्वोच्च अदालतले व्यवसायीले सिधै वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्नेगरी आदेश जारी गरेको छ ।जुन आदेश पछि नेपाल राष्ट्र बैंकले यस अघि कायम रहेको कार्यविधि परिवर्तनको तयारी सुरु गरिसकको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले यस अघि पाइरहेको आधारमा बैंकसँग कोटा लिने व्यवस्था गरिएको छ । अब नयाँ कार्यविधि तयारी भैरहेकोले नयाँ कार्यविधि अनुसार कार्यान्वयनमा लगिने छ । यस अघि २०६८मा बनेको सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि कार्यन्न्वयनमा थियो । सुनबजार अहिले संकटमा छ । विभिन्न समस्याहरुबाट यो व्यवसाय गुज्रिरहेको छ । बढ्दो मूल्य वृद्धिका कारण ग्राहक अत्यन्त कम आउन थालेका छन् । प्रयाप्त मात्रामा कच्चा सुन समेत व्यवसायीले पाउन सकेको छैन । सुन बजारलाई ३५–४० केजी सुन आवश्यक पर्छ । सरकारले छुट्याएको २० के.जि.को सीमाले व्यवसायलाई पुगी राखेको छैन । आर्थिक मन्दीको प्रभाव यो व्यवसायमा परेको छ । दक्ष कालीगढको अभाव, कच्चा सुनको अभाव, बढ्दो बैकिङ्ग व्याजदर, सुनमा भएको अवैध कारोबार यो व्यवसायका समस्याहरु हुन् । सबैभन्दा ठूलो समस्या व्यवसाय चलाउने ऐन, कानून र निर्देशिका नबन्नु रहेको छ । प्रशासननिक क्षेत्रबाट पनि अनेक दुःख व्यवसायीलाई
पर्ने गरेको छ । माल जफत हुने देखि लिएर व्यवसायमा नै आँच आउने व्यवहार पाइन्छ । गहना निर्माण प्रायः विदेशी कालीगढमा निर्भर छ । उसको पुर्ण विश्वासका साथ काम गर्न दिँदा मिसावटदेखि लिएर सामान नै हराउने डर त्रास रहिँ रहन्छ । गरगहनाहरु एक ठाउँबाट अर्को ठाउँमा लैजानु साह्रै झन्झटीलो रहेको हुँदा यो पनि एउटा चुनौतिको रुपमा रहेको छ ।

