मध्यपुरस्थित स्वनिग:बचत तथा ऋण सहकारी संस्थाकाे आयाेजना र मध्यपुर थिमि न.पा. कृषि शाखाकाे सहयाेगमा तीनदिने कौशी खेती तालिम बिहीबार सम्पन्न गरिएकाे छ।
बैशाख ९ देखि ११ सम्म संचालित तालिममा ४० जना महिला पुरुष प्रशिक्षार्थीकाे सहभागिता रह्यो ।कार्यक्रममा कृषि शाखा अधिकृत हाेमादेवी उप्रेती र चुडामणि अधिकारीलगायतले प्रशिक्षण दिनुभएको थियाे ।
चन्द्रकेशव श्रेष्ठकाे संयाेजनमा र संस्थाका अध्यक्ष चन्द्रगाेपाल श्रेष्ठकाे सभापतित्वमा संचालित समापन समाराेहमा सहभागीहरुलाई प्रमाणपत्र र कृषि शाखाकाे तर्फबाट प्राप्त स्प्रेलगायतका सामग्रीहरु सहयाेग प्रदान गरिएकाे थियाे।प्रशिक्षण उपयाेगी रहेकाे प्रशिक्षार्थीहरुले बताए ।

