दैलेख जिल्ला, साविक चौराठा गा.वि.स वडा नं ३ लाम्पटा (हाल नौमुले गाउँपालिका वडा नं ८) निवासी टिमुरेघर काइँला (इन्द्र प्रसाद ढकाल) का २५ वर्षीय जेठा छोरा प्रकाश ढकाल बैशाख १८ गतेदेखि सम्पर्कविहीन रहेका छन्। हाल रोजगारीको सिलसिलामा स-परिवार सिम्लामा बसोबास गर्दै आएका उनी केही समय अगाडि कोहलपुर आएका थिए।
कोहलपुर आइपुगेर केही समयसम्म परिवारसँग सम्पर्कमा रहेका प्रकाश बैशाख १८ गतेपछि अचानक सम्पर्कविहीन भएपछि परिवार अत्यन्तै चिन्तित बनेको छ। सम्भावित ठाउँहरुमा खोजी कार्य जारी रहे पनि हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।
बेपत्ता प्रकाश ढकालका परिवारजन, आफन्त तथा शुभेच्छुकहरुले यदि उहाँलाई देख्नुभएको वा भेट्नुभएको खण्डमा तल उल्लेखित फोन नम्बरमा तुरुन्त जानकारी गराईदिनु हुन अनुरोध गरेका छन्।
सम्पर्कका लागि:
जेठो बुवा: कविलाल ढकाल – ९८४५१९०९१४
बुवा: इन्द्रलाल ढकाल
भाइ: राजेन्द्र ढकाल
यस सूचना मार्फत आम जनसमुदाय, सुरक्षाकर्मी, सामाजिक अभियन्ता तथा मिडियामार्फत खोजी अभियानमा सहयोग पुर्याउन परिवारले हार्दिक आग्रह गरेका छन्

