काठमाण्डौं, असार ३२
राजन थापा,
अमेरिकाको अर्ल्यान्डो सहरमा सम्पन्न लायन्स क्लब अन्तर्राष्ट्रियको १०७औं विश्व सम्मेलनमा लायन्स डिस्ट्रीक्ट ३२५ आई नेपालकी गभर्नर लायन पार्वती खरेल पाण्डेले अद्वितीय सफलता हात पार्नुभएको छ। केवल १४ दिनको अन्तरालमै विश्वभरबाट सबैभन्दा धेरै — २५ वटा नयाँ लायन्स क्लबहरू चार्टर गरेर उहाँले ‘विश्व नम्बर १ गभर्नर’को गौरव प्राप्त गर्नुभएको हो।
उहाँको यो ऐतिहासिक उपलब्धिले नेपाललाई लायनिज्मको विश्वमञ्चमा अग्रस्थानमा पुर्याएको छ। यो कीर्तिमान नेपाली लायन इतिहासमै पहिलो र गर्विलो उपलब्धि मानिएको छ संयुक्त मेहनतको प्रतिफल डिस्ट्रीक्ट ३२५ आई अन्तर्गतका सम्पूर्ण लायन्स क्लब, पदाधिकारी, सदस्य, र स्वयंसेवकहरूको संघर्ष, समर्पण र सेवाभावले यस कीर्तिमानमा विशेष योगदान पुर्याएको लायन नेताहरू बताउँछन्। लायन्स क्लब अफ काठमाण्डौं टेम्पल गणेशकी रचयिता डिष्टूक एडमिनिष्टूेटर लायन बिना थापाले भनिन् – “प्रेरणादायी नेतृत्व लायन पार्वती खरेल पाण्डेको यो सफलता सम्पूर्ण नेपाली लायनहरूको लागि गर्वको विषय हो। “सेवाबाट नेतृत्व – नेतृत्वबाट परिवर्तन”
उहाँको जुझारुपन, समर्पण र स्पष्ट दृष्टिकोणले यो ऐतिहासिक यात्रा सम्भव भएको हो।”
उनले थपिन्, “२५ क्लब चार्टर गर्ने कीर्तिमान नेपाली लायन इतिहासमा सदैव स्मरणीय रहिरहनेछ। यस्तो सफल नेतृत्वको मार्गदर्शनमा सामाजिक सेवामा आवद्ध हुन पाउनु हाम्रो लागि सौभाग्य हो।” विश्व लायन समुदायमा नेपालको पहिचान उक्त सफलताले दक्षिण एशियासहित सम्पूर्ण विश्वमा नेपाली लायन नेतृत्वको साख अझ उचो बनाएको छ। डिस्ट्रीक्ट ३२५ आई नेपालका सबै लायन साथीहरूको ऐक्यबद्धता, निरन्तर सेवा र साझा सपनाले यस्तो सम्भव बनाएको हो। लायन पार्वती खरेल पाण्डेको यो कीर्तिमान नेपाली इतिहासमा मात्र नभई विश्व लायन आन्दोलनमै अद्वितीय उदाहरण बनेको छ हृदयदेखि बधाई छ ‘विश्व बिजेता’ पार्वती खरेल पाण्डे र सम्पूर्ण डिस्ट्रीक्ट ३२५ आई परिवारलाई!
Previous Articleअर्थतन्त्र संकटको कारक: दलाल पुँजीवाद
Next Article रमेशगङ्गा स्रष्टा सम्मान’द्धारा सम्मानित

