काठमाण्डौ । हाल मनसुनी वायुको प्रभाव देशभर जारी रहेको छ, जसका कारण मनसुनको न्यूनचापीय रेखा आफ्नो सामान्य स्थान नजिकै रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ। गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका केही ठाउँमा र तराईका केही सीमित स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। राति पनि एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले बताएको छ।

