काठमाण्डौ । मुलुकभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको छ।
महाशाखाले आज (सोमबार) दिउँसो देशभर सामान्यतया बदली रहने जानकारी दिएको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरैजसो स्थानमा साथै तराईका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक वा दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति लुम्बिनी प्रदेशसहित देशको पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली हुनेछ।
लुम्बिनी प्रदेशलगायत पहाडी क्षेत्रका केही स्थान र तराईका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

