काठमाण्डौ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री हृदयराम थानीलाई मातृशोक परेको छ ।
थानीकी आमा देवी थानीको वीर अस्पतालमा निधन भएको हो ।
सुर्खेत क्षेत्र नं २ का प्रतिनिधीसभा सदस्य हृदयराम थानी र नेपाल निजामती कर्मचारी युनियनका पूर्व अध्यक्ष भवानी थानीकी माता देवी थानीको आइतबार राती काठमाण्डूको वीर अस्पतालमा निधन भएको परिवारिवारिक श्रोतले जनाएको छ ।
तीन वर्षदेखि श्वासप्रश्वास सम्वन्धी रोगबाट पीडित थानीको उपचारका क्रममा ९२ वर्षको उमेरमा आइतबार राती निधन भएको हो । स्वर्गीय थानीका धर्मकुमारी र अम्बिका दुई छोरीसमेत हुनुहुन्छ ।
थानीको सुर्खेतस्थित रानीघाटमा मङ्गलबार अन्त्येष्टि गरिने इञ्जिनीयर उमेश थानीले बताएका छन् ।
कांग्रेस सभापति देउवाद्वारा दु:ख व्यक्त
नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देवी थानीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा सदस्य हृदयराम थानी र नेपाल निजामती कर्मचारी युनियनका पूर्वकेन्द्रीय अध्यक्ष भवानी थानीकी ममतामयी माता तथा सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन)का पूर्वकेन्द्रीय अध्यक्ष उमेशप्रसाद थानीकी हजुरआमा थानीको निधनप्रति दुःख व्यक्त गरेका हुन्।
स्वर्गीय थानीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी कांग्रेसले जनाएको छ। थानीको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको विज्ञप्तिमा उल्लेख छ।
सभापति देउवाले थानीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।

