काठमाडौं ।
सरकारको तर्फबाट सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई आकर्षक सुविधा दिने घोषणा गरिएको छ। नयाँ व्यवस्थाअनुसार आईटी क्षेत्रमा संलग्न योग्य जनशक्तिलाई मासिक २ लाख रुपैयाँसम्म तलब पाउने व्यवस्था मिलाइएको छ।
सरकारले अनलाइनमार्फत सेवा विस्तारलाई गति दिन र काममा ढिलासुस्ती तथा घुस–कमिसनजस्ता प्रवृत्ति नियन्त्रण गर्ने उद्देश्यले यस्तो निर्णय गरेको हो। यस कदमले सूचना प्रविधिमा दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोक्ने विश्वास गरिएको छ।
यसबाहेक, सफ्टवेयर प्रणाली विकासको लागत अनुमान यथार्थपरक हुने र गुणस्तरीय प्रणाली विकासमा सहुलियत पुग्ने सरकारको भनाइ छ।
आईटी पढेका जनशक्तिका लागि यो व्यवस्था सुखद् अवसर हुने र स्वदेशमै रोजगारीको सम्भावना बढाउने अपेक्षा गरिएको छ।

