पछिल्लो २४ घण्टामा ७ सय ३४ जना कोभिड संक्रमित थपिएका छन् । आरटिडी परिक्षणबाट ६५६ र एन्टिजेनबाट ७८ जना नयाँ संक्रमित थपिएका हुन् । १४१३ जना निको भएर डिस्चार्ज भएका छन् । सक्रिय संक्रमित हाल २४ हजार ३ सय १३ जना छन् । सघन उपचारमा ३९० जना उपचाररत छन् भने भेन्टिलेटरमा १ सय १७ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

