राजनैतिक समस्याको समाधान : संसदीय व्यवस्था कि बैज्ञानिक समाजवादी व्यवस्था विषयक बिचार गोष्ठी सम्पन्न भएको छ । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन नेपाल नुवाकोटद्वारा आयोजित कार्यक्रम शुभलाल श्रेष्ठको सभाअध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा नेपाल राष्ट्रिय बुद्धिजिबि संगठन नेपालका फ्याक्सन इन्चार्ज क.अनिल शर्मा (बिरही) ,अथिती केन्द्रीय सदस्य तथा नुवाकोट,रसुवा जिल्ला इन्चार्ज क. बिन्दु ,नुवाकोट जिल्ला सेक्रेटरी क.सृजन, रसुवा जिल्ला सेक्रेटरी क.हरि, वरिष्ठ चिकित्सक तथा वौद्दिक व्यक्तित्व केदारनरसिह के.सि, ने.क.पा.(एमाले) नेता तथा बौद्धिक व्यक्तित्व रामशरण प्याकुरेल, केन्द्रिय सदस्य तथा रसुवा इन्चार्ज ने.क.पा.(माओवाद केन्द्र) इन्द्र गौतम, अर्थविद्द दिपक शर्मा, प्राध्यापक भरत सिग्देल रहनु भएको थियो ।

स्वागत मन्तव्य जागरण मन्च नेपाल नुवाकोट जिल्ला सयोजक विष्णु खड्काले राख्नु भएपछि प्रमुख वक्ताले ७ पेजको कार्यपत्र पस्तुत गर्नुभयो । सो कार्यपत्रको टिप्पणी भरत सिग्देल, इन्द्र गौतम, रामशरण प्याकुरेल, केदार नरसिह के.सि र दिपक शर्माले गर्नुभयो । अन्तक्रिर्या कार्यक्रममा सोधिएका प्रश्ननहरुको जवाफ प्रमुख वक्ताले जिज्ञासा र प्रश्न्नको प्रस्टोक्ति दिनु भएको थियो ।

कार्यक्रमको सन्चालन वुद्दिजिवी संगठनका केन्द्रीय सदस्य नन्दलाल खरेलले गर्नुभएको थियो भने सभा विसर्जन कार्यक्रमका सभाअध्यक्ष शुभलाल श्रेष्ठले गर्नुभयो । कार्यक्रममा १०० भन्दा वढी शुभचिन्तकको उपस्थिति थियो । वैज्ञानिक समाजवाद नै वर्तमान संसदीय व्यवस्थाको निकासको विकल्प रहेको भन्दै एकीकृत जनक्रान्तिमा गोलवन्द हुन आफू लगायत सम्पूर्णलाई सुनौलो जनताको वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन ने.क.पा. लाई शुभकामना समेत दिनु भएको थियो । कार्यक्रम पाउना घर, विदुर नुवाकोटमा भव्यरुपमा सम्पन्न भएको थियो ।
