भक्तपुर: शंखधरचाेकमा संचालित बालकुमारी सहकारीकाे २१औं साधारण सभा शनिबार समन्न भएकाे छ।
नेफ्स्कुनका अध्यक्ष परिताेष पौडेलले सभाकाे उद्धाटन गर्नभयाे । संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठकाे सभापतित्वमा भएकाे कार्यक्रममा विभिन्न विद्यालयका उत्कृष्ठ वालवालिकाहरुलाई छात्रवृत्तिबाट सम्मान गरिएकाे थियाे ।

पस्तुत प्रतिवेदनअनुरुप संस्थाकाे आर्थिक वर्ष २०७७/०७८ मा कुल काराेबार १अर्ब ७० कराेड पुगेकाे छ।
सभामा एक सदस्य एक सहकारीकाे प्राबधानप्रति वक्ताहरुले आपति जनाएका थिए ।
