काठमाडौं । श्रमजीवी पत्रकार संघ, नेपालको बझाङ जिल्ला समिति गठन भएको छ। भूमिराज पिठातोलीको अध्यक्षतामा समिति निर्माण भएको संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले बताए ।
समितिको उपाध्यक्षमा झलक सिंह र अञ्जु खड्का, सचिवमा टेकेन्द्र बोहरा, कोषाध्यक्षमा उत्तमकुमार थापा र सह-सचिवमा शिवजी मण्डेल रहेका छन् ।
कार्यसमितिमा सुरेश धामी, सुनिल मण्डेल, गणेश धामी, रमेश बोहरा, कल्पना उपाध्याय, सुरेन्द्र खत्री रहेका छन् ।

