काठमाडौँ । डा बिष्णुकुमार केसीको प्रमुख आतिथ्यतामा शान्तिको सन्देशको नयाँ शृंखला सम्पन्न भएको छ । शनिबार बिहान शान्तिनगर उपभोक्ता समिति महांकाल ओरालोमा ७३ औं शृंखला सम्पन्न भएको हो ।
कार्यक्रममा स्रष्टाहरू रामकुमार पण्डित, रामचन्द्र दहाल, ओमप्रसाद कोइराला, दिवाकर न्यौपाने, मिसन अधिकारी, त्रिलोचन आचार्य, मधुसुदन पाण्डेय, अपेक्षा थापा, चाँदनी तामाङ, आइशा तामाङलगायतले आ-आफ्ना रचना प्रस्तुत गरेका थिए । रामकुमार पण्डितले गीत पस्किए शुरुवात गरेको शान्तिको सन्देशमा दिवाकर न्यौपानेले कथा वाचन गरेका थिए भने पत्रकारितामा कलम चलाउने मिसन अधिकारीले गजल पस्किएका थिए ।
कवि मधुसुदन पाण्डेयले शान्तिको सन्देश कार्यक्रममा निम्तो आउन छोडेको, निम्तो आउँदा जान नभ्याउने आजको समयमा नबोलाई भतुवा लाग्न झैं कार्यक्रमा न पुग्ने बताउँदै शान्तिको सन्देश कार्यक्रमलाई नै बिषय बनाईएको कविता सुनाए- ‘शान्ती ! तिमी कहाँ छ्यौ ?’ कार्यक्रममा स्रष्टाहरूलाई सहभागिताको लागि महत्व दिएर आमन्त्रण गर्नै पर्ने उहाँको तर्क कविताले समेत बोलेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार डा बिष्णुकुमार केसीले समाजमा सम्पादन गर्नुपर्ने कुरा कवितामार्फत आउने हुँदा कविता लोकप्रिय भएको उल्लेख गरे। समाजमा धेरै बिकृती, बिसंगती एवम् बेथिति छन्, तिनलाई सच्याउन कविता महत्त्वपूर्ण औजार हो र मान्छेलाई तुरुन्त उद्वेलित गर्न कविता नै प्रभावकारी माध्यम भएको डा केसीले उल्लेख गरे । भने- आनन्द, मनोरञ्जन र ज्ञानको माध्यम हो कविता। साहित्यको आस्वादनबाट हृदय शुद्ध हुन्छ र मान्छेको अर्को जीवन शुरु हुन्छ ।’
कार्यक्रममा प्रमूख अतिथि केसीले युगको गति र बाँसुरी शिर्षकमा दुई कविता प्रस्तुत गरेका थिएँ । नेपाल बाल साहित्य समाजका केन्द्रीय सचिव डा केसीले बाल सर्जक अपेक्षा थापा, चाँदनी तामाङ, आइशा तामाङप्रति समर्पण गर्दै बालकविता ‘बाँसुरी’ पनि सुनाए ।
समितिका अध्यक्ष बुद्धिगम्भिर थापाको अध्यक्षतामा सम्पन्न शृंखलाको सञ्चालन महासचिव राजेन्द्र गजुरेलले गरेका थिए ।
शान्तिको सन्देस हरेक महिनाको अन्तिम शनिबार बिहान समितिको धर्मशाला रहेको भवन महांकाल ओरालोमा ७:३० बजे हुन्छ ।

