शिव कुमार श्रेष्ठ(शिवांसु)
राज्यले युवाहरुको सर्वाङ्गिण विकास गर्दै राज्य निमार्णमा युवाहरुको सक्रिय योगदनाको अपेक्षा गरे अनुरुप यसले राष्ट्रसमृद्धिको अभियानमा युवा स्थापित हुने अवसर दिएको छ । कुल जनसंख्याको सर्वाधिक सक्रिय, उर्जावान र गतिशिल समूह युवा हो । युवा शक्ति कुनै पनि देशको राजनैतिक, आर्थिक र सामाजिक परिवर्तनका संवाहक हुन । हरेक देशको विकास र प्रगतिमा युवाको योगदान प्रमुख हुने गरेको हुन्छ । हरेक क्रियाकंलापमा युवामैत्री, सूचना प्रविधिमैत्री बनाउने लक्ष्य अनुरुप सीप विकास, उद्यमशीलता, स्वरोजगार र आर्य आर्जनको माध्यमबाट युवामा भएको क्षमता र संभावनाहरुको प्रस्फुटन गराइ स्वदेशमा नै रोजगारी सिर्जना गरि युवा पलायनलाई रोक्नु सक्नु पर्दछ । भविष्यका कर्णधार, सुखी र समृद्ध राष्ट्र निर्माणका संवाहक युवाहरुको साथ र सहयोग पनि उत्तिकै आवश्यक छ ।
२०६८ सालको जनगणना अनुसार कुल जनसंख्याको ४०.३५ प्रतिशत युवा छन् । नेपाली युवालाई सवल, प्रतिस्पर्धी र आत्म निर्भर वनाउँदै राज्यको हरेक अंगमा सार्थक सहभागिता , सुनिश्चित गरि नेपाललाई आधुनिक, न्यायपूर्ण र समृद्ध राष्ट्र बनाउने अनुरुप त्यस लक्ष्य भेदन गर्नका निम्ति अग्रसर हुनु राज्यको दायित्व हुन्छ । युवाहरुलाई सिर्जनशील तथा व्यवसायिक रुपमा दक्ष बनाइ उत्पादनशील स्रोतहरुमा उनीहरुको पहुच वढाएर सबै क्षेत्रका तह र तत्कामा पु¥याउनुका साथै नीति, निमार्ण, निर्णय एवम् कार्यान्वयनमा सहभागी गराएको खण्डमा देश विकासमा काया पल्टिनेमा समय लाग्ने छैन । बेरोजगारका कारण विदेशिन वाध्य नेपाल आमाका युवा वर्गलाई सीप, स्रोत र साधनयुक्त बनाई स्वदेशमै उद्यमशील र स्वरोजगारी बनाई राष्ट्रलाई सुखी, समृद्ध बनाउनु पर्छ । राज्यले युवालाई आफ्नै देशमा केहि गरु भनि वातावरण सृजना गरि आफ्नो कर्तव्य पुरा गर्नु पर्दछ । भने युवा वर्गले मन, वचन र कर्मले कटिवद्ध भई सुखी, समृद्ध राष्ट्र बनाउन काधंमा बोझ आएको अनुभव गरि आफ्नो दायित्व पूरा गर्नु आजको आवश्यकता हो ।
विश्वका विभिन्न मुलुक र विभिन्न अन्तराष्ट्रिय संघ, संस्थाले विभिन्न उमेर तोके पनि हाम्रो देश नेपालको राष्ट्रिय युवा परिषद ऐन २०७२ अनुसार १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवाको रुपमा परिभाषित गरेको पाइन्छ ।
युवा जागरण र उत्थानमा कार्यरत वृद्ध भएका प्रसिद्ध लेखक र साहित्यकारको लेखको अपेक्षा गर्ने तर नवयुवाहरुले लेखेका लेख, रचना र सामाजिक कार्य उपेक्षा गर्ने प्रवृतिले के युवाको उदेश्य पूर्ति होला ? तसर्थ हामीले नवयुवाहरुको हरेक काममा प्रोत्साहित गर्दे लगे मात्र युवा लक्षित उदेश्य भेदन गर्न सकिन्छ । युवाहरुको सीप, जागर लगनशीलतालाई सधै उत्साहित गर्दै लगे मात्र युवाको चौतर्फी विकास गर्न सकिन्छ र देशको विकास र समृद्धि हुन्छ । युवाहरुको वुद्धि विवेकलाई निरुत्साहित गरे के देशको् सर्वाङ्गीण विकास संभव होला ? मानिसको उमेर, अनुहार हेरेर केहि भन्न सकिन्न उसको वुद्धि विवेक आर्जित ज्ञानलाई प्राथमिकता दिएको खण्डमा मात्र युवाको विकास हुन्छ । कलिलो उमेर, ओठ माथिको जुङ्गाको रेखा राम्ररी उमे्रको छैन भन्ने उखानले गर्दा युवाले कहिले अवसर पाउने ? यसमा सबैको ध्यान केन्द्रित हुनु आवश्यक छ । युवाहरुलाई राज्यको विभिन्न अंग, तह, .तप्कामा सहभागिता गराउनु अनिवार्य छ । अहिलेको कुनै पनि सरकार र पार्टीहरुले आर्थिक, शैक्षिक र सास्कृतिक रुपान्तरणको कुनै ठोस नीति पेश गर्न सकेको छैन । चेतना र सांस्कृतिक पतनले मानिसको समग्र पतनको बाटो खोल्छ । युवा वर्गमा विगतका गलत प्रवृति र परम्परालाई फाल्ने र सवल दृष्टि र आत्मवल हुनु आवश्यक छ । युवा वर्गले क्षणिक स्वार्थ त्यागेर युगीन परिवर्तनका लागि लामवद्ध हुनु आवश्यक छ ।
कुनै पनि कार्यलाई सफलता हासिल गर्न पूर्णरुपमा एकाग्रता आवश्यक हुन्छ । व्यक्ति, समाज र प्रकृति यी तीन वटा पक्षलाई एक साथ नलिई विकास गर्ने लक्ष्यलाई प्रश्रय (साथ) र सन्तुष्टि नदिइ देश विकास गर्नु खोक्रो हुन्छ । मानिसको रोदेन , समाजको हिंसा र प्रकृतिको विनासले कोलाहल साम्राज्य मच्याई रहेको आजको समयमा युवालाई उपेक्षा गरेको खण्डमा सुखी र समृद्ध नेपालको कल्पना गर्नु दिवा सपना देख्नु जस्तो हो । आत्मनिर्भर नभई स्वाधीनता हुन्न । यसका लागि पहिला राष्ट्र त्यसपछि जनता अनि मात्र घर परिवारलाई युवाले स्थान दिनुपर्छ । विडम्वना वा दुर्भाग्य अरु के हुन्छ ? जबसम्म कृषि क्रान्ति भएर नेपाल २०३६ साल अधिको खाद्यान्न निर्यातको अवस्थामा पुग्दैन । नयाँ संविधान आए पनि त्यसले नयाँ नयाँ समस्या, द्धन्द्ध र हिँसा पतन र अन्धकारको दिशामा धकेल्नु निश्चित छ । समृद्धि र समाजवाद उन्मुख गणतन्त्र नेपालको परिकल्पना हो । युवाहरुको आफ्नो अटुट परिश्रम र मेहनतले आफ्नो खुट्टामा उभिएर पौरखीहात पाखुराहरु चलाउनु पर्ने वेला आई सकेको छ । रोग, भोग र मानसिक तनावमा पिल्सिएर पनि आफ्नो गन्तव्यलाई अगाडि बढाएरै लक्ष्य भेदन गर्नु पर्दछ । यसका लागि अभिभावक, समाज र देशको वागडोर चलाउनेको भूमिका हुँदा यिनीहरुको अटुट साथ , सहयोग र प्रेरणाले मात्र हरेक क्षेत्रमा अगाडि बढ्न झर्ने हौसला र उर्जा मिल्ने थियो भन्ने कुरामा शंका छैन । यसो भयो भने मात्र युवाहरुको जीवनमा सुनौलो घामको किरणहरु देखापर्न थाल्ने छ । र नेपालको विकास अनवरत रुपमा अधि बढ्ने छ । जीवनमा दुःख सुख हासो र आँसुका क्षणहरु आइरहन्छ । परिवर्तनका लहरहरु एक पछि अर्को गर्दै आइरहन्छ । तर पनि हरेश नखाई सफलताका सिढीहरु ढृद एकाग्रताका साथ चढ्नु पर्दछ ।

