काठमाडौं । १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसमा क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा शुभकामना वक्तव्य जारी गरिएको छ । वक्तव्यमा श्रमिकवर्गको मुक्ति र परिवर्तनका लागि जीवन आहुती दिने महान सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै क्रान्तिकारी योद्धाहरुमा सम्मान, अभिवादन व्यक्त गरिएको छ ।
महासंघका संयोजक इश्वर तिमिल्सिनाले जारी गरेको वक्तव्यमा विश्व पुँजीवाद तथा तिनका दलाल शासकहरुले खडा गरेका चुनौतीहरुको सामना गर्दै क्रान्तिकारी मजदुर आन्दोलनलाई नयाँ उचाइमा उठाउन र श्रमिकवर्गको राजनैतिक व्यवस्था नयाँ जनवाद–वैज्ञानिक समाजवाद स्थापना गर्न दृढतापूर्वक अगाडि बढ्न श्रमिकहरुमा विशेष अपिल गरिएको छ ।
यस्तो अवस्थामा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने कुरा गदां विश्व पुजिवाद,साम्राज्यवादी स्वार्थ निम्ति गरिने युद्धका साथै घरेलु प्रतिक्रियावाद तथा दलाल ट्रेड युनियनवादका विरुद्ध समेत संघर्ष गर्दै विजय प्राप्त गर्ने उद्देश्य सहित अगाडि बढ्नु पर्छ भन्ने कुरामा स्पष्टता हासिल गर्नु महत्त्वपूर्ण हुन्छ ।
आज पुँजीवादी लुट र डकैती संसारभर नांगिदै मात्र गैरहेको छैन, बरु श्रमिकवर्गको विरोध र आक्रमणको निशानामा समेत पर्दै आइरहेको छ । यो अवस्थामा विश्व पुँजीवाद तथा तिनका दलाल शासकहरुले खडा गरेका चुनौतीहरुको सामना गर्दै क्रान्तिकारी मजदुर आन्दोलनलाई नयाँ उचाइमा उठाउन र श्रमिकवर्गको राजनैतिक व्यवस्था नयाँ जनवाद–वैज्ञानिक समाजवाद स्थापना गर्न दृढतापूर्वक अगाडि बढ्नु आजको आवश्यकता भएको छ । यसका निम्ति श्रमिकहरुमा विशेष अपिल गर्न चाहन्छौं ।”

