काठमाडौं – प्राईम टाइम्स टेलिभिजनकी निर्देशक तथा नायिका एलिजा गौतमले महाराष्ट्रका पूर्व राज्यपाल एवं उत्तराखण्डका पूर्व मुख्यमन्त्री, भारतीय जनता पार्टीका वरिष्ठ नेता भगत सिंह कोशियारीज्यूसँग उहाँकै निवास देहरादुनमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
उक्त भेटवार्तामा नेपाल र भारत बीचको समसामयिक विषयमा केन्द्रित रहेर छलफल भएको बताइएको छ। दुई प्रतिष्ठित व्यक्तित्वबीचको यो भेटले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
नायिका गौतमले कोशियारीज्यूसँगको भेटलाई फलदायी बताउनुभएको छ। उहाँले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ बलियो बनाउन यस्ता भेटघाटले महत्त्वपूर्ण योगदान पुर्याउने विचार व्यक्त गर्नुभयो।
भगत सिंह कोशियारी भारतीय राजनीतिमा एक अनुभवी र वरिष्ठ नेता मानिनुहुन्छ। उत्तराखण्डको मुख्यमन्त्री र महाराष्ट्रको राज्यपालको रूपमा उहाँले दुई देशबीचको सम्बन्धलाई महत्व दिँदै आउनुभएको छ।

