बाजुरामा मंगलबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको बा ५ च २२०९ नम्बरको टाटा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दुर्घटना जगन्नाथ गाउँपालिका–३ मा भएको हो। दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी इकपाल हवारीले जानकारी दिए।
हालसम्म मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्, जसको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूको उद्धार गरेर नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ।

