काठमाण्डौ । आइतबारदेखि निरन्तर सुनको मूल्य घट्दै आएको छ। आइतबार तोलामा तीन हजार रुपैयाँ र सोमबार एकसय रुपैयाँ घटेको सुनको मूल्य मंगलबार थप ६ सय रुपैयाँ घटेको छ।
मंगलबार सुनको मूल्य तोलाको एक लाख ९० हजार रुपैयाँ कामय भएको छ । हिजो प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँ भएको मुल्यमा ६ सय घटेर १ लाख ९० हजार कायम भएको हो ।
गत साता सुनको मूल्य ५९ सय रुपैयाँ बढेको थियो।
गतको वैशाख ९ गते सुनको उच्चतम मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। यो दिनको सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको भाउ भने बढेको छ। प्रतितोला २० रुपैयाँ बढेर दुई हजार एक सय ६५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

