काठमाण्डौ । पृथ्वी राजमार्ग अन्तर्गत नौविसे-बैरेनी सडक खण्डमा पर्ने थाक्रे गाउँपालिकास्थित एक्लेफाँटमा तीनवटा सवारीका साधनहरु एकआपसमा ठक्कर खाएर दुर्घटना भएको छ। दुर्घटनामा एक जना सामान्य घाइते भएका छन् भने सवारी साधनमा भने तीनै वटामा नै क्षति पुगेको छ।
चितवनबाट काठमाडाैं आउँदै गरेको विद्युतीय माईक्रो बसले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो। तीनवटै सवारी हटाई अहिले राजमार्गमा यातायात सुचारु गराइसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

