काठमाडौं, असार २९ – नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागद्वारा “नेपालमा विपद् जोखिम व्यवस्थापनः चुनौती, अवसर र भावी कार्यदिशा” विषयमा विशेष छलफल कार्यक्रमको आयोजना गरिएको छ। सो कार्यक्रममा सबैलाई सहभागी हुन सादर आमन्त्रण गरिएको छ।
छलफल कार्यक्रम भोलि, २०८२ असार ३० गते सोमबारका दिन दिउँसो २:०० बजे नेपाल प्रज्ञा-प्रतिष्ठानको सिद्धिचरण सभाकक्ष, कमलादी, काठमाडौंमा हुनेछ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभाका सदस्य माननीय गगन थापा रहनेछन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख डा. डिला संग्रौला पन्तले सबै सरोकारवाला, विज्ञ, पेशागत क्षेत्रका व्यक्ति तथा बुद्धिजीवी वर्गलाई कार्यक्रममा उपस्थित भई विचार साझा गर्न र समृद्ध छलफलमा सहभागी हुन सादर अनुरोध गरेकी छन्।
कार्यक्रम विवरण:
मिति: २०८२ असार ३०, सोमबार
समय: दिउँसो २:०० बजे
स्थान: सिद्धिचरण सभाकक्ष, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौं
आयोजक: नेपाली कांग्रेस – पेशागत तथा बुद्धिजीवी विभाग
विपद् जोखिम न्युनिकरण र व्यवस्थापनको विषयमा बहस र रणनीति निर्माणका लागि आयोजना गरिने यो कार्यक्रम विशेष महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

