काठमाडौँ, १४ साउन – गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्षमा सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ निवासी मोख्तार अहमदलाई नियुक्त गरेका छन्।
गृह मन्त्रालयका अनुसार मंगलबार मन्त्रिस्तरमा भएको निर्णयअनुसार अहमदको नियुक्ति गरिएको हो। मन्त्रालयले हज समितिको अन्य सदस्यहरूको नियुक्ति प्रक्रिया पनि अगाडि बढिरहेको जनाएको छ। हज समिति गृह मन्त्रालयअन्तर्गत रहेर कार्यरत छ।

