अस्ट्रेलियाको डार्बिनमा टस जितेर पहिला ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको हो। मेलवर्नका लागि ब्लाक म्याकडोनाल्डले ७४ र थोमस रोजर्सले ६५ रन बनाएका छन् ।
नेपालका सन्दीप लामिछानले ३ र सोमपाल कामीले २ विकेट लिए। त्यस्तै शहबाज आलमले १ विकेट लिएका छन् ।
जारी सिरिजमा नेपालको यो तेस्रो खेल हो। अघिल्ला दुई खेलमा नेपाल पराजित भएको थियो ।

