काठमाडौं — राष्ट्रभर फैलिएको जेनजी आन्दोलनका घाइते एकको सोमबार निधन भएको छ। नुवाकोटका २९ वर्षीय लक्ष्मण राईको उपचारका क्रममा निधन भएपछि आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ।
नेपाल प्रहरीका अनुसार, पञ्चकन्या गाउँपालिका–२ निवासी राई राजधानीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थिए। आइतबार राति १२ बजे उनको मृत्यु भएपछि शव त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा पोस्टमार्टमका लागि पठाइएको हो ।
लक्ष्मण राई केही दिनअघिको आन्दोलनको क्रममा गम्भीर घाइते भएका थिए। भिडन्तका बीच उनी सडकमा लडे, अस्पतालसम्म पुर्याइए — तर बचाउन सकिएन।
प्रहरीका अनुसार, अहिले पनि विभिन्न अस्पतालमा आन्दोलनमा घाइते भएकाहरूको उपचार भइरहेको छ। अझैपनि केहीको अवस्था चिन्ताजनक छ।
जेनजी आन्दोलन शान्तिपूर्ण मागबाट सुरु भए पनि पछिल्लो समयमा आन्दोलन त्रासदीमा बदलिँदै गएको थियो ।
प्रत्येक मृतकको साथ आन्दोलन झनै भावुक, झनै आक्रोशित बन्दै गइरहेको छ।
७६ व्यक्तिको वलिदानीबट प्राप्त परिवर्तन कस्तो हुने , कता जाने भन्ने चिन्ता नेपाली समाजमा छ ।