काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको भीषण वर्षा र त्यसबाट उत्पन्न जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल एक्स (X) मार्फत प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री मोदीले यस कठिन समयमा भारत नेपाली जनता र नेपाल सरकारसँग एकजुट रहेको बताएका छन्।
उनी भन्छन्, “नेपालमा हालको विपद्ले पारेको असरले म अत्यन्त दुःखी छु। यस कठिन घडीमा भारत नेपाली दाजुभाइ र दिदीबहिनीहरूको साथमा छ।”
प्रधानमन्त्री मोदीले छिमेकी र मित्रराष्ट्रको हैसियतले नेपाललाई आवश्यक सहयोग र राहत उपलब्ध गराउन भारत प्रतिबद्ध रहेको समेत बताएका छन्।