काठमाडाैं । एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा नेपाल उपविजेतामा सीमित बनेको छ। सोमबार भएको फाइनलमा नेपाली युवा टोलीलाई २७ रनले पराजित गर्दै यूएईले प्रिमियर कपको उपाधि उचालेको हो।
यूएईले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको नेपाली युवा टोली ३३.२ ओभरमा १ सय २० रनमा अलआउट भएको हो।
फाइनलमा पराजित भएपनि नेपाल एसिया कपमा भने छनोट भएको छ।

