नुवाकोट, वैशाख १७
नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा संगठन वाइसीएल नेपाल नुवाकोटको नेतृत्व चयन प्रक्रिया अब निर्वाचनमार्फत टुंगो लगाइने भएको छ। जिल्ला अधिवेशनमा सहमति जुटाउन गरिएको प्रयास असफल भएपछि निर्वाचनको बाटो खोलिएको हो।
वैशाख १३ गते वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले उद्घाटन गरेकाे अधिवेशनमा प्रारम्भिक रूपमा सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी थियो। तर केही बाधा अड्च न अाएकाे ले आफ्जकका कार्यकर्तालाई अघि सार्दा वातावरण थप जटिल भएको थियो। गठगत राजनीतिको अन्त्यको सबल पक्षधरको रुपमा रूपमा नेतृत्व चयन हुनुपर्ने अधिकारीको स्पष्ट धारणा छ।र निदान्तमा पूर्ण कानुन सम्बत अधिकारी रहनुभएको पनि स्पष्ट देखिएको छ।
यसैबीच, केही गाउँपालिका अध्यक्षहरूले पनि संगठनमा प्रभाव जमाउने उद्देश्यले आफ्ना पक्षधर युवाहरूलाई उम्मेदवारीमा उभ्याएको भन्दै गुटबन्दीको आरोप लागेको छ। गुटगत दबाब, शक्ति प्रदर्शन र योग्यताभन्दा नातावादको हाबी प्रवृत्तिका कारण विवाद चुलिएको थियो।
निर्वाचन समितिले प्राविधिक कारण देखाउँदै केही दिनका लागि प्रक्रिया रोकिएको थियो। तर अब निर्वाचन वैशाख २२ गते हुने निश्चित भएको छ। प्रमुख निर्वाचन अधिकृत राजाराम थपलियाका अनुसार मतदान विदुर नगरपालिका–५, पिपलटारस्थित पोष्ट बहादुर बोगटी स्मृति पार्कमा बिहान ८ बजे सुरु हुनेछ। सोही दिन निर्वाचनसम्बन्धी अन्य जानकारीहरू पनि सार्वजनिक गरिनेछ।
यसबीच, अध्यक्ष पदका लागि दिनेश अधिकारी ‘राजा’ बलियो उम्मेदवारका रूपमा अगाडि देखिएका छन्। संगठनभित्र लामो अनुभव, कार्यकर्ताबीच लोकप्रियता, र नेतृत्व क्षमताका आधारमा उनीप्रति अपेक्षा बढेको छ। जन मानसकाे भनाइलाई मध्ये नजर गर्दै राजानै अब्बल उमेदूार हुन ।
प्रतिनिधिहरूको उत्साह र समर्थन दिनेश अधिकारि ‘राजा’तर्फ देखिँदै गएको छ। निर्वाचन प्रक्रिया नजिकिँदै गर्दा अब नेतृत्वको जिम्मा कसले सम्हाल्ने भन्ने अन्तिम निर्णय मतपेटिकाबाट हुने भएको छ। तेसैले स्पष्ट का साथ राजाको जित निश्चित छ।
Previous Article१३६औं मई दिवसमा यसको सारपक्षलाई आत्मसात् गर्दै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई सशक्त रुपमा अघि बढाऔं ः लक्ष्मण उप्रेती
Next Article १३६औं अन्तर्राष्ट्रिय मई दिवसका सन्दर्भमा केही कुरा

