काठमाण्डौ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सम्पान्न भएको छ । नेपाल समाजवादी पार्टी (नेसपा) सँगको पार्टी एकतालाई संस्थागत गर्ने कदमका रुपमा शुक्रबार बिहान खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बसेको पदाधिकारी बैठकले नेसपाका १५ नेतालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ। सोमबार ग्वार्कोस्थित एक पार्टी प्यालेसमा एकता घोषणा अघि केवल नेता श्रेष्ठलाई पार्टी सचिवको भूमिका दिने टुंगो लागेको थियो ।
माओवादी केन्द्रसित नेपाल समाजवादी पार्टी समायोजनपछी बसेको पहिलो पदाधिकारी बैठकले थप २० जना नेतालाई वैकल्पिक केन्द्रीय सदस्यका रूपमा समावेश गर्ने प्रस्ताव पनि पारित गरेको छ।
एकतापछि माओवादी केन्द्रका केन्द्रीय सचिव बनेका गंगानारायण श्रेष्ठले नेता-कार्यकर्ताको समायोजनबारे प्रारम्भिक छलफल भएको जनाए। ‘हामीले केही निर्णयहरू गर्न अझै समय मागेका छौं,’ श्रेष्ठले बताए।
पार्टी एकताको राजनीतिक प्रक्रिया सँगसँगै संगठनात्मक पुनर्संरचना तीव्र बनाउने संकेत माओवादी केन्द्रको यो निर्णयले दिएको छ।

