काठमाण्डौ । गल्छी गाउँपालिका-६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
रूखसहितको पहिरो खसेपछि शुक्रबार बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो। पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए।
पहिरोका कारण काठमाडौँ जाने सवारीसाधन गजुरी र काठमाडौँबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन्। लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले सतर्क रहन चालक र यात्रुलाई जिल्ला प्रशासन कार्यालय धादिङ एवम् नेपाल प्रहरीले आग्रह गरेको छ।

