काठमाण्डौ — न्याय परिषद्को बैठकले उच्च अदालतका लागि २७ जना नयाँ न्यायाधीश नियुक्त गरेको छ। बिहीबार बसेको न्याय परिषद बैठकले विभिन्न जिल्ला अदालतका न्यायाधीश, सरकारी वकिल, रजिस्ट्रार तथा कानुन व्यवसायीहरूलाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरी पदस्थापन गरेको हो।
हेरौं उच्च अदालतको न्यायधीशमा नियुक्त हुने भाग्यमानी न्यायधीशहरू को को छन् …
जिल्ला न्यायाधीशबाट उच्च अदालतमा नियुक्त हुने न्यायाधीश
यमबहादुर बुढामगर (न्याय परिषद् सचिव) — उच्च अदालत सुर्खेत, जुम्ला इजलास
गोपालप्रसाद बाँस्तोला (धादिङ) — उच्च अदालत पाटन
गिरीराज गौतम (ओखलढुङ्गा) — उच्च अदालत दीपायल, महेन्द्रनगर इजलास
युवराज गौतम (गुल्मी) — उच्च अदालत विराटनगर, ओखलढुङ्गा इजलास
तेजनारायण पौडेल (दाङ) — उच्च अदालत तुलसीपुर, बुटवल इजलास
प्रकाश ढुङ्गाना (पर्वत) — उच्च अदालत पाटन
दीपककुमार खरेल (उदयपुर) — उच्च अदालत पाटन
शिवबहादुर रानाभाट (गोरखा) — उच्च अदालत पाटन
कमलप्रसाद पोखरेल (काठमाडौँ) — उच्च अदालत जनकपुर
वासुदेव न्यौपाने (भक्तपुर) — उच्च अदालत पाटन
दलबहादुर केसी (पाल्पा) — उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास
प्रकाशचन्द्र अधिकारी (कपिलबस्तु) — उच्च अदालत दीपायल
रमेशप्रसाद ज्ञवाली (चितवन) — उच्च अदालत पाटन
उदयप्रसाद भट्टराई (मोरङ) — उच्च अदालत विराटनगर, धनकुटा इजलास
अवनी मैनाली भट्टराई (मकवानपुर) — उच्च अदालत पाटन
विभिन्न निकायबाट नियुक्त हुने न्यायाधीश
खड्गराज अधिकारी (उच्च अदालत पोखराका रजिस्ट्रार) — उच्च अदालत दीपायल
शङ्कर खत्री (उच्च सरकारी वकील कार्यालय, पाटनका सहन्यायाधिवक्ता) — उच्च अदालत जनकपुर, वीरगञ्ज इजलास
अच्युत कुइँकेल (सर्वोच्च अदालतका रजिस्ट्रार) — उच्च अदालत पाटन
कोमलबहादुर खत्री (कानुन मन्त्रालयका सहसचिव) — उच्च अदालत सुर्खेत
कानुन व्यवसायीबाट नियुक्त हुने न्यायाधीश
शर्मिला थापा विष्ट — उच्च अदालत पाटन, हेटौँडा इजलास
प्रतापसिंह ठकुराठी — उच्च अदालत तुलसीपुर, बुटवल इजलास
बालकृष्ण गैरे — उच्च अदालत पोखरा, बागलुङ इजलास
निशा बानियाँ — उच्च अदालत तुलसीपुर, बुटवल इजलास
श्यामकुमार विश्वकर्मा — उच्च अदालत दिपायल
अरुणकुमार पंजियार — उच्च अदालत विराटनगर, ओखलढुङ्गा इजलास

