काठमाडौं — नेपाली राष्ट्रिय फुटबल टोली आज साँझ पौने ८ बजे बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। टोलीको कप्तानी किरण चेम्जोङ्गले गर्नेछन्।
नेपालले यो मैत्रीपूर्ण खेल एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलको तयारीको रूपमा खेल्दैछ। यद्यपि, नेपाल एसियन कप छनोटबाट यसअघि नै बाहिरिसकेको छ। छनोटमा नेपालले अहिलेसम्म चार खेल खेल्दा सबैमा हार व्यहोरेको छ र प्रतियोगितामा अझै दुई खेल बाँकी छ।
मैत्रीपूर्ण खेल र छनोटका लागि २३ सदस्यीय राष्ट्रिय टोली गत सोमबार बंगलादेश प्रस्थान गरेको थियो।

