काठमाडौँ। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। शुक्रबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ४०० र चाँदी रु दुई सय ९० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख तीन हजार ८०० पुगेको छ भने चाँदीको मूल्य प्रतितोला रु छ हजार ४८० कायम भएको छ।
गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४०० र चाँदीको मूल्य रु छ हजार १९० थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ अमेरिकी डलर र सेतो धातु (चाँदी) १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

