भक्तपूर
नेपाल स्रष्टा समाजको आयोजनामा साहित्यिक बनभोज कार्यक्रम सम्पन्न भएको छ । भक्तपूरको च्वङथलीमा शनिबार आयोजित बनभोज कार्यक्रममा समाजसँग आवद्ध साहित्यकार लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
उक्त पिकनिक कार्यक्रममा सहभागी स्रष्टाहरुले विभिन्न मनोरञ्जनात्मक प्रस्तुति र रचना बाचन गरेका थिए ।
प्रणय दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी युगल जोडीलाई समाजका सल्लाहकार प्रा.डा.लक्ष्मणप्रसाद गौतमले सम्मान गरेका थिए ।
नेपाल स्रष्टा समाजको केन्द्रीय समितिले हरेक वर्ष यस्तो बनभोज कार्यक्रम आयोजना गर्ने गरेको छ ।
Previous Articleकाठमाडौं–२ मा नेपाली कम्युनिस्ट पार्टी क्षेत्रीय निर्वाचन परिचालन समितिद्वारा ५५१ सदस्यीय मुल समिति घोषणा
Next Article शिवको महानता र जगतको कल्याण

