नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरलाई कोरोना संक्रमण भएको छ । चार दिनदेखि कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि शनिबार गरेको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आएपछि शनिबार नै नेता तुलाधरलाई शसस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

