काठमाडौँ। ‘डब्लुटिटी युथ कन्टेन्डर’मा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टेबलटेनिस टोली मंगलबार अस्ट्रेलियाको पर्थ प्रस्थान गरेको छ ।
यही असोज २२ देखि २५ गतेसम्म हुने ‘डब्टिटी युथ कन्टेन्डर’ प्रतियोगितामा नेपालबाट आर्यन शाही, सुरम्या शाक्य र प्राज्ना मानन्धरले प्रतिस्पर्धा गर्नेछन् । टोलीमा अखिल नेपाल टेबलटेनिस सङ्घका कोषाध्यक्ष ज्याकी महर्जन र प्रशिक्षक राकेश महर्जन सहभागी रहेका छन् ।