काठमाडौँ । नेकपा एमालेमा विधान संशोधन गरेरै भए पनि नेतृत्वमा टिकिरहने प्रतिस्पर्धा चर्किरहेका बेला पार्टीका तीन शीर्ष नेताले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन्।
एमालेको जारी ११ औं महाधिवेशनको बन्दशत्रमा बोल्दै तीन शिर्ष नेताले आफूहरू कुनै पदमा न उठ्ने बताउँदै सकृय राजनीतिबाट बिदा भएको घोषणा गरेका हुन् ।
सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गर्नेमा पार्टी उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा पार्टीको अनुशासन आयोगका अध्यक्ष केशव बडाल रहेका छन्।
उनीहरू तीनै जनाले पार्टीको सदस्यता भने कायम राख्ने बताएका छन्।
शिर्ष तीनै नेताले अब पार्टीका कुनै पनि पदमा उम्मेदवार नबन्ने स्पष्ट पारेका छन्।
नेकपा एमालेको ११औँ महाधिवेशनमा सात दशक उमेर पार गरेका नेताहरूबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुन लागेका सन्दर्भमा उनीहरूको यो निर्णयलाई फरक र उदाहरणीय कदमका रूपमा हेरिएको छ।
एमालेको जारी महाधिवेशनअन्तर्गतको बन्दसत्रमा ज्ञवाली, शाक्य र बडालले अब सक्रिय राजनीति तथा नेतृत्वदायी भूमिकाबाट बिदा लिने औपचारिक घोषणा गरेका हुन्।

