काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी निर्वाचनमा आफ्नो पार्टी नेपाली कम्युनिष्ट पार्टीले बहुमत हासिल गर्ने दाबी गरेका छन्।
मंगलबार काठमाडौँमा आयोजित क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका एकता पक्षसँगको समायोजन कार्यक्रममलाई सम्बोधन गर्दै नेता पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका नेता गौतमले निर्वाचनमा नेकपा विजयी भएपछि बेरोजगारी समस्या अन्त्य गर्ने गरी समाजवादको आधार तयार पार्ने बताए।
उनले वामपन्थी शक्तिहरूबीच एकता समेत आवश्यक रहेको उल्लेख गरे । हाल मुलुक संगीन मोडमा उभिएको बताउँदै नेता गौतमले हरेक विद्रोहलाई शान्तिपूर्ण प्रक्रियामार्फत समाधान गर्ने उद्देश्यसहित एकता अभियान अघि बढाइएको स्पष्ट पारे।
Previous Articleनेपालमै ९९ प्रतिशत क्यान्सर उपचार सम्भव !
Next Article आजदेखि भृकुटीमण्डपमा काठमाडौं महोत्सव

