काठमाडौं: बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले यहि असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर निष्काशन गर्ने भएको छ।
बुद्धभुमि नेपालले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गर्ने भएको हो।
८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।
बुद्धभुमि नेपालको आइपीओमा यहि असोज ११ गतेदेखि १४ गतेसम्म आवेदन दिन सकिने बताइएको छ।

