बाजुराको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको छ।
मृत्यु हुनेमा ताजाकोट गाउँपालिका–३ का विपी शाही र बाँकेका ४२ वर्षीय मोहन जोशी रहेको जुड्डी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए। उनले दिएको जानकारीअनुसार नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे१ ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब ५०० मिटर तल खसेको छ।
गाडी चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए। मृतकको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकी ल्याउने तयारी भइरहेको छ। दुर्घटनाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।
