लगातार अाेरालाे लागेकाे सेयर बजारमा साताको तेस्रो दिन आज भारी अंकले उकालो लागेको छ। बजार खुलेको साढे २ घन्टा नहुँदै ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार स्थगित भएको छ। बजार आज १ः२६ मिनेटमा ६ प्रतिशतले बढेको हो।
योसँगै बजार १३७.१८ अंकले उकालो लागेर नेप्से परिसूचक दुई हजार चार सय १८.८५ को विन्दुमा बन्द भएको छ। कारोबार रकम पनि एक अर्ब ४६ करोड रुपैयाँको हाराहारीमा भएको छ।
आज नबिल बैंकको सर्वाधिक ९ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आज एक सय ८८ वटा कम्पनीको सेयरमूल्य बढेको छ। आज ६० वटा कम्पनीको सेयरमूल्यमा १० प्रतिशत र १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

