काठमाडौं: बंगलादेशको शिवगञ्जमा बिहेको जन्तीमा सहभागी भएका कम्तीमा १७ जनाको चट्याङ लागेर मृत्यु भएको छ ।
दुलाहा लगायत १४ अन्य घाइते भएका छन् ।
जन्ती एउटा नदी पार गरी डुंगाबाट ओर्लिएर दुलहीको घरतिर जाँदै गर्दा चट्याङ परेको थियो ।
स्थानीयहरूका अनुसार, जन्तीमा धेरैपटक चट्याङ बज्रिएको थियो ।

