काठमाण्डौ । प्राइम बैंक लिमिटेडले खातामा पैसा नभएका र लामो समयदेखि निष्क्रिय रहेका खाता बन्द गर्ने घोषणा गरेको छ। हालै एक सार्वजनिक सूचना निकालेर बैंकले यस्तो खाता बन्द गर्ने निर्णय गरेको घोषणा गरेको हो ।
बैंकले १० वर्षदेखि सञ्चालन नभई शून्य मौज्दातमा रहेका निष्क्रिय खाता बन्द गर्न लागेको जनाएको हो ।
यो अवधिभर कुनै कारोबार नभएका एवम् खातामा पैसा पनि नभएको अवस्थाका खाता मात्रै बैंकले बन्द गर्ने जनाएको छ। त्यस्ता खाता पुनः सञ्चालनमा ल्याउन चाहेमा खातावालहरूले सूचना प्रकाशित भएको ७ दिनभित्र बैंकको जुनसुकै शाखा कार्यालय गएर सम्पर्क राख्न सूचना गरिएको छ ।
एक साताको समय-सिमाभित्र बैंकको सम्पर्कमा न आउने खातावालका निश्कृय खाता बैंकले स्वत: बन्द गर्ने बैंकको सूचनामा छ ।

