काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय शृङ्खलामा अमेरिकाविरुद्धको खेलमा नेपालले सुरुआतमै विकेट गुमाएको छ।
दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर ब्याटिङ थालेको नेपालले दोस्रो ओभरमै पहिलो विकेटका रूपमा आसिफ शेखलाई गुमायो। उनले २ रन बनाएर नोस्तुस केन्जिजको बलमा बोल्ड भए।
आजको खेलमा नेपालले सोमपाल कामीको स्थानमा नन्दन यादवलाई सामेल गरेको छ। नेपाल यसअघि खेलेका दुवै खेलमा पराजित भएको थियो—पहिलो खेलमा अमेरिकासँग १०६ रनले र दोस्रो खेलमा यूएईसँग पाँच विकेटले।
नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, नन्दन यादव र ललित राजवंशी रहेका छन्।

