काठमाण्डौ । नेकपा एमालेको ११ औं महाधिवेसनमा इश्वर पोखरेल प्यानलबाट उपाध्यक्ष पदका उमेदवार गुरु बराल, महासचिव पदका उमेदवार सुरेन्द्र पाण्डे पदाधिकारीमा निर्वाचित हुन सकेनन्, त्यसैगरी केन्द्रीय सदस्यमा पनि निर्वाचित हुन सकेनन् । अध्यक्ष निर्वाचित केपी ओली प्यानलबाट उपमहासचिव पदका उमेदवार विष्णु रिमाल पनि सो पदमा मात्र नभै केन्द्रीय सदस्यमा समेत निर्वाचित हुन सकेनन् ।
११ औं महाधिवेसनबाट केन्द्रीय सदस्यमा बागमति प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, गणेश पहाडी, कृष्णकुमार राई, नविना लामा, किशोर विक्रम मल्ल, नवराज सिलवाल, उषाकिरण तिम्सिना समेत निर्वाचित हुन सकेनन् ।
उनीहरू एमाले पूर्व केन्द्रीय सदस्य हुन् भने गणेश पहाडी, नवीना लामा, कृष्णकुमार राई, नवराज सिलवाल पूर्व सांसद समेत हुन् ।

