विश्वराज अर्याल
भरतपुर १९, जनप्रिय पब्लिक स्कुल, आई एस ओ चितवन आबद्ध विद्यालयहरू बीच अन्तर विद्यालय एथलेस्टिक रनिङ सिल्ड सञ्चालन गर्ने सम्बन्धमा , आई एस ओ चितवनका अध्यक्ष वेदनिधि अर्यालको अध्यक्षतामा बैठक बसी २०८१ |८ |२८ र २९ गते भरतपुर महानगरपालिका वडा नम्बर १९ शारदा नगर टाउनको खेल मैदानमा एथलेस्टिक खेल हुने निर्णय भएको छ। सो खेलकुद कार्यक्रम सफल पार्नको लागि भरतपुर महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष प्रकाश तामाङको पूर्ण सहयोग रहने अध्यक्ष प्रकाश तामाङले जानकारी गराउनु भएको छ। चौतर्फी विकासको लागि खेल निकै महत्वपूर्ण सिकाई हो। त्यसैलाई मध्यनजर राख्दै आईएसओ चितवनले एथलेस्टिक खेलको आयोजना गर्न लागेको हो। सो खेलको निर्णय गर्ने बैठकमा एथलेस्टिक खेल प्रशिक्षक कान्ति महत्त्व, तोरण ढकाल, प्याप्सन चितवनका उपाध्यक्ष भानुभक्त अर्याल, आईएसओ चितवनका पदाधिकारीहरू तथा आई एसओ सँग सम्बन्धित विद्यालयका प्रिन्सिपल ज्यूहरू उपस्थिति थियो | एथलेस्टिक खेलहरूमा दौड रिले दौड सर्टफुट मिक्स रिले डोरी तान्ने ज्याम्लिङ थ्रो जस्ता खेलहरु समावेश गरिनेछन्।
