काठमाडौँ: नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन शत्रमा प्रमुख दलका शीर्ष नेताहरु पनि पुगेका छन् ।
शुक्रबार भृकुटीमण्डपमा शुरु भएको महाधिवेशनको उद्घाटन शत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी भएका छन् ।
पार्टी विभाजनपछि ओली र नेपाल पहिलो पटक एउटै मञ्चमा बसेका हुन् ।
मंसिर १० गते एमालेको महाधिवेशनको उद्घाटनशत्रमा ओलीले माधव नेपाललाई निम्तो नै गरेनन् भने मंसिर १५ गते राप्रपाको महाधिवेशन उद्घाटनमा नेता नेपाल पुगे पनि ओली गएनन् ।
