भक्तपुर: मध्यपुर सञ्चार समाजको दसौं साधारण सभा तथा चौथौं अधिवेशनकाे अवसरमा शनिवार वरिष्ठ पत्रकार प्रवीणराज जाेशीकाे तीनदशकको संचार सेवा यात्रा र गत०५५/०५६ देखि स्टार एक्सप्रेस साप्ताहिकमा संस्थापक सम्पादक/प्रकाशकाे रुपमा सेवारत हुनुभएकाेमा कदर गर्दै थेम्मृङ पत्रकारिता पुरस्कारले सम्मान गरिएको छ ।
प्रमुख अतिथि बागमति प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिक राम जमरकट्टेलले शुभकामना तथा बधाई ज्ञापन गर्नुहुँदै भन्नुभयाे,”यो नगर कला संस्कृतिको विविधताको अनुपम संगम भएको देशकै सम्पती हो । देशमा राजनैतिक उपलब्धी त भयो तर त्यो अनुरुपको सामाजिक र आर्थीक परिवर्तन हुन सकेको छैन । राज्यको चौथो अंगले लक्षीत बर्ग सम्म राजयका सेवा सुविधा पुर्याउने कार्यमा सचेतना जगाउने भूमिका खेल्नु पर्छ ।” उहाँले आफु उक्त मन्त्रालयमा गएपछी संचार क्षेत्रलाई ब्यब्स्थित बनाउननै संचार कानुन बनाएको जानकारी गराउनु भयो ।

कार्यक्रमका विषेस अतिथी मध्यपुर नगरका मेयर मदन सुन्दर श्रेष्ठले यो संचार समाज गठनको दश वर्ष सकृयतापुर्वक वितेकोमा सराहना गर्नु भयो । समाजले निरन्तर नगरपालिका सङ्ग सहकार्य गर्दै आएको र नगरको विकासमा हातेमालो गरेकोमा प्रशंशा गर्नु हुँदै समाजले सकारात्मक पत्रकारीताको अभ्यास गर्दै आएकोमा खुशी ब्यक्त गर्नु भएको थियो । समाजले जुन सानो धनराशीबाट अक्षय कोषको सुरुवात गर्यो त्यसको श्रीवृद्धीमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

मन्तब्यकै क्रममा बागमती प्रदेशका प्रेश रजीष्टार रेवती सापकोटाले आइसिटीको पहुँचले कोही पनि लोकल नहुने भन्दै यहाँका स्थानिय पत्रकारहरुको क्षमता अभिबृद्धी गर्दै स्थानिय पहिचानलाई बिश्वब्यापी बनाउन प्रदेशले ‘फेलोशिप’ कार्यक्रम चाडै ल्याउदै गरेको र इच्छुकहरुले सहभागी भएर लाभ उठाउन सक्ने जानकारी गराउनु भयो ।
सम्मानित ब्यक्तित्व जोशीले कार्यक्रममा बोल्दै आवाजबिहिनहरुको आवाज, दविएका वर्गहरुको निमित्त विद्रोहकालागी संगठित हुने अभियाननै पत्रकारीता भएको वताउनु भयो । आफ्नो जीवननै यसै क्षेत्रमा विताएकोले आज यस पुरस्कार तथा सम्मानले आफु खुशी र उत्साहित भएको अनुभुती बांड्दै यसले अझै जिम्मेवारी थपेको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघ भक्तपुरका अधक्ष्य जगतकृष्ण प्रजापतीले जहाँ संचार कर्मको विकास हुन्छ, त्यहाँं सुशान कायम हुने हुँदा राज्य ब्यब्स्था र समाजलाई असल वाटोमा हिडाउन पत्रकारको अहम भूमिका रहने उल्लेख गर्नु भयो ।
समाजले शिक्षा सम्मानबाट बिभिन्न बिषयमा स्नातकोतर गर्नुभएका सञ्चारकर्मीहरू कृष्ण काजी मानन्धर , सागर गुरागाई, राजेन्द्र प्रजापति, राजेन्द्र श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, जीवनाथ अधिकारी र सुमन श्रेष्ठलाई सम्मानित गरेको छ ।

कार्यक्रमको खुला सत्रको समापन गर्नुहुँदै समाजका अधक्ष्य तथा कार्यक्रममा सभापती बाबुकाजी श्रेष्ठले दश हजार वाट शुरु गरेको अक्षय कोषलाई हाल दुइलाख साठी हजारको बनाउन सफल रहेको बताउदै निकट भविष्यमै पाँच लाख पुर्याउने लक्ष्य रहेको उल्लेख गर्नु भयो । यो कोषलाई बढाउन नगर प्रमुखको महत्वपुर्ण भूमिका रहेको र अब अन्य संघ संस्था सङ्ग पनि सहकार्य अगाडी बढाउने कुरा बताउनु भयो ।
कार्यक्रमको संचालन तथा समाजको प्रगती विवरण र भावी योजना सचिव सुमन श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो भने कोषाधक्ष्य चन्द्रकृष्ण श्रेष्ठले समाजको आर्थी क प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो

अधिवेशनको बन्द सत्रले बाबुकाजी श्रेष्ठको अध्यक्षतामा पुरानै कमिटीले सर्वसम्मत निर्वाचित गरेको छ भने उपाध्यक्षमा सागर गुरागाई, सचिबमा सुमन श्रेष्ठ, कोषाध्यक्षमा चन्दन कृष्ण श्रेष्ठ, सहसचिबमा बिशेश्वर श्रेष्ठ ,त्यसैगरी सदस्यहरुमा ईश्वरलाल श्रेष्ठ, ज्ञानदेव श्रेष्ठ, सरिना श्रेष्ठ, कृष्णकाजी (के के) मानन्धर र सुरेश ख्वाकः श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । एक जना कार्यसमिति सदस्यमा पुर्व अध्यक्ष पदेन सदस्य हुने व्यवस्था बमोजिम पुर्व अध्यक्ष हरिबहादुर श्रेष्ठ रहनु भएको छ ।
