नन्दलाल खरेल
टपटेन खबरको प्रधान सम्पादकीय डेक्सबाट
विधि, प्रकृया र लोकतन्त्र र गणतन्त्रको कुरा गरेर नथाक्ने प्रधानमन्त्री अहिले पुनः दोस्रो पटक संसद विघटन गरेका छन् । यद्यपी अहिले देशमा कोरोना माहामारी छ । जनता दिनहुँ अक्सिजन र बेड नपाएर मरिरहेका छन् । सरकारले खोप किनेर ल्याउन सकेको छैन । सरकार खोपको लागि विभिन्न देश तथा दातृनिकायहरुलाई हारगुहार गरिरहेको छ । यस्तो परिस्थितीमा राष्ट्रिय एकताकासाथ जनताको उपचारमा ध्यान दिनु पर्ने बेलामा सरकारले देशलाई जर्वजस्त मध्यावधि चुनावतिर धकलेको छ । चालिस अर्ब रुवैया खर्च हुने अनुमान गरिएको मध्यावधि चुनाव जनस्वास्थ्यका दृष्टिले र आर्थिक व्ययभारका दृष्टिले पनि अहिले उपयुक्त देखिदैन । अहिलेका हाम्रो प्राथमिकता भनेको कोरोना माहामारी विरुद्ध लड्नु हो । भोक र रोगसँग लडिरहेका जनातालाई आर्थिक राहतका प्याकेजमा ध्यान दिनु पथ्र्याे । तर त्यस्तो नभएर जंगबहादुर÷हिटलरकै शैलीमा आफु सधै भरी जसरी पनि कुर्सिमा बस्नु पर्ने डरलाग्दो खेल खेलिएको छ ।
हिजो राजा महाराजाहरु एकपटक सिंहाशनमा बस्न पाउँदा आपूm नमरुन्जेल वसेर शासन गरिरहन्थे । हिजो राणाहरुले पनि आफ्नो आफ्नो शासन टिकाउन र कर्सिमा वसिरहन अनेक तिकडम गरे । त्यसरी नै उनीहरुले १०४ वर्ष शासन गरे । तर २१ औं शताब्दिमा आउँदा पनि लोकतन्त्रको रक्षा गर्ने व्यक्तिहरुबाट नै लोकतन्त्रको उपहास हुन थाल्यो । आपूm अल्पमतमा पर्दा पनि कुर्सि छोड्न चाहेका छैनन् । लोकतन्त्रको कोखबाट कसरी तानाशाही जन्मिन्छ भन्ने ज्वलन्त उदाहरण भएको छ बर्तमान सरकार । आज प्रधानमन्त्री ओलीले सनकमा, दम्भमा मुलुक चलाउने दुस्साहस गरेका छन् । उनले विधि, न्याय, पद्धति मिचेका छन् । आपूmले विघट्न गरेको संसदमा विना लाज फेरी नेतृत्वमा आई जनता, संसद र संविधानलाई रढीको टोकरीमा फालेका छन् । जनताको आर्तनाद र लासको खातले उनलाई छुनसकेको छैन । बरु पशुपतिको गजुरमा सुनको झलहरी लगाउने काम प्राथमिकता दिए । भ्यु टावर र धरहराबाट उनले महामारी देखेनन् । त्यसैले उनले ठूलो भीडका साथ रथयात्रा गरी माडीमा राम, लक्ष्मण र सिताको मूर्ति प्रतिस्थापन गरे ।
एक आदर्शवादी नेपाली काग्रेसका नेता प्रदीप गिरीका शब्दलाई सापटी लिदै भन्नु पर्दा नेपाली कम्युनिष्ट आन्दोलनले मुलुकमा स्थिरता चाहियो भनेर आपसमा चुनावी एकता ग¥यो । स्थिरताका नाममै भोट माग्यो । झन्डै दुइतिहाइको समर्थन लिएर के.पी ओलीले संसदमा प्रधानमन्त्री पदको शपथ लिए । भोलिपल्टदेखि नै नेपाली जनताले स्थिरताको गाईजात्रा देखे । विगत सत्तामा सत्तासंघर्षको प्रदर्शन र प्रहसनले एउटा सर्वथा नवीन प्रतिमान स्थापित ग¥यो । एकातिर राणाशाहीलाई बिर्साउने स्थिरताको अभिनय भएको छ । अर्कातिर कोरोना महाव्याधिले घन्टैपिच्छे ज्यान लिँदै छ । आमनागरिकले मरेका दाजुभाइको लास गन्दै आफ्नो पालो कुर्नुपरेको छ । कुनै पनि व्यास अथवा सेक्सपियसले योभन्दा मार्मिक त्रासदीको रचना गर्न सक्दैनन् । राष्ट्रिय विपत्तिका घडीमा प्रधानमन्त्री जनताको पिडा प्रति संवेदनशील बन्नुको सट्टा आफ्नो कुर्सि जोगाउनैको लागि एकपछि अर्को गैरजिम्मेवमरी हर्कत गरिरहेका छन् ।
यतिवेला कोरोनाको दोस्रो लहरले सिंगो मुलुक रोइरहेको छ । हाम्रो मुलुक मात्र होइन नयाँ भेरियन्ट सहितको कोरोना भाइरस विरुद्ध विश्व एकजुट भइरहेको छ । तर हाम्रो सत्ता संसदीय फोहोरी अंकगणितिय खेलमा रमाइरहेको छ । अर्कोतिर आम नागरिक त्यसमा पनि भूँइतहका मानिसहरुमा रोग सँगै भोकको पनि चिन्ता वढेको छ । उनीहरुको चुलो अब निभेको छ । कामका अवसरहरु प्रायः वन्द भएका छन् । गरेर खान वाहिर निक्कन राज्यले छेकेको छ । अर्कोतिर आपूmलाई कम्युनिष्ट प्रधानमन्त्रीका रुपमा चिनाउने केपी शर्मा ओलीको सम्वोधनमा कोरोना रोकथामका लागि जारी गरेको निषेधाज्ञामा कसैलाई भोकै हुन नदिने प्रतिबद्धता जनाएको छ । तर सरकारको ध्यान सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित छ ।
एक प्रगतिशिल वामपन्थी लेखक नरेन्द्रजंग पिटरका केहि विचारहरु यहाँ उल्लेख गर्न वाञ्छनीय छ । उनकै शब्दहरुलाई सापटी लिदै भन्नु पर्दा युद्ध, माहामारी र प्राकृतिक विपद् सत्तालाई निरंकुश बन्ने अवसर र अपराधीलाई धनार्जन गर्न मौका वन्छ । महामारीमा सबैका आ–आफ्ना पीर छन्, सोच छन्, अभ्यास छन्, व्यापार छन्, सपना छन्, आशा र निराशा पनि छन् । औषधी ब्ल्याक भए, भेन्टिलेटर भएका अस्पतालले बेड अकुपाई (लुकाए) गरे । गंगालाल अस्पतालले त ७० वर्षभन्दा माथिका विरामीलाई भेन्टिलेटर दिन नसक्ने सीधै घोषणा ग¥यो । धार्मिक जनसमेत आध्यात्मिक थलोमा नभई विज्ञानको भर पर्न थाले । सरकार व्यक्तिकेन्द्रित छ, क्याबिनेट आज्ञापालक मात्र । प्रतिस्पर्धी कुण्ठाखेतीमै व्यस्त । प्रतिपक्ष लाचार । मेरो पिँढी संसदीय व्यवस्था असफलताका कारण भनेर हुर्कियो । समसया व्यक्तिमा छ कि प्रवृत्तिमा या व्यवस्थामा ? कहिलेकाहीँ अरुले गरेका गल्तीको सजाय पनि आपूmले भोग्नुपर्छ । सरकारी पार्टीको आन्तरिक किचलोमा दुई वर्ष राज्य बन्धक बन्यो । सन्काहा नेतृत्वले कसरी समय, समाज र पूरै राज्य तहसनहस पार्दोरहेछ र आदर्श रित्तिएर कसरी एउटा दलाल वर्ग जन्मिदोरहेछ, कुनै समयका क्रान्तिकारी कसरी ध्वस्त भएर दलालमा फेरिँदा पनि औचित्य सावित गर्ने तर्फ कोरल्दारहेछन् , देशले प्रत्यक्ष भोग्यो । कोरोना न हुकुममा चल्छ, न षड्यन्त्रको माखेसाङ्लोमा फस्छ ।
आम सर्वसाधारणलाई अस्पतालको वेड पाउनु एउटा युद्ध जिते जस्तो हुने अवस्था सृजना भएको छ । अस्पताल, वेड, अक्सिजन, भ्यान्टिलेटर नपाएरै नागरिकको मृत्यु भइरहेको छ । यस्तो अवस्थामा दलाल तथा विचौलियाहरु सत्ताको आडमा लुटिरहेका छन् । उनीहरुलाई यो महाव्यधिकाल पनि स्वर्णिम दिन वनेर उदाएको छ । यिनै दलाल तथा विचोलियाहरु हाम्रो देशको आर्थिक उत्पादनका साधनहरुमाथि कैद गरेका छन् । तिनीहरुले सारा माननीय संवेदनाहरुको निर्ममतापूर्वक दोहन गरेका छन् । सत्तामा शासकहरु तिनै दलालहरुको प्रक्षपोषण गरी दलालीबाट आर्थिक कमिसन बुझने गर्छन । यो संकटको घडिमा कथित भब्य अस्पताहरुले नागरिकमाथिको चुसाई तथा चिकित्सकको दोहन र श्रम शोषण पनि गरेका छन् । दिनकै लाखौ रुपैयाँ शुल्क तोकेर खुलेआम लुट मच्याइरहेका छन् कयौं निजी अस्पतालहरुले । तर सरकार मुकदर्शक बनेर रमिता हेरेर वसेको छ । मानौ सरकारको कुर्सि मात्र डगमागाएन भने उसले सबै काममा छुट दिन्छ ।
प्रधानमन्त्री ओली क्रान्तिकारी कम्युनिष्टभन्दा पनि दक्षिणपन्थी हुन् । दक्षिणपन्थी भन्नाले पुरानो विचार, सिद्धान्त र समाज व्यवस्थालाई आमूल परिवर्तन नगरी वाहिरीरुपमा मात्र देखावटी सुधार गरी काम चलाउन खोज्नेहरुलाई दक्षिणपन्थी भनेर चिनिन्छ । यो एक प्रकारको सुधारवाद मात्रै हो । वास्तवमा यो कान्तिकारी परिवर्तन र विचारको ठिक उल्टो हुन्छ । मुलुक अहिले ओलीतन्त्र र अराजकताको शिकार भएको छ । ओली विधिको शासन र संविधानले कोरेको मार्गचित्रभन्दा वाहिर रहेर नियन्त्रणको बाटोबाट शासन चलाइरहेका छन् ।
आपूmलाई मदन भण्डारीको वहुदलिय जनवादको अनुयायी सम्झने ओली सरकार र पार्टीमा समेत अल्मतमा पर्दा आपूm जसरी पनि पार्टी र सत्ता कब्जा गर्न चाहान्छन् । जुन कुरा वहुदलिय जनवादको मर्म विपरित हो । प्रधानमन्त्री ओलीले ऐन, नियम र संविधानलाई समेत निस्तेज बनाएर साम्राज्यवादको निर्देशनमा फासीवाद चलाएका छन् । त्यतिमात्र होइन उनीबाट लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि नै खतरा पैदा भएको छ । अझै पनि मानिसहरुलाई ओली राष्ट्रवादी, विकासप्रेमी र लोकतान्त्रिक गणतान्त्रिक नेता हुन् भन्ने ठुलो भ्रम छ । त्यतिमात्र होइन उनी कम्युनिष्ट नेता नै हुन् भन्ने छ । तर यर्थातमा न उनी कम्युनिष्ट हुन न राष्ट्रवादी न विकास प्रेमी , न लोकतन्त्र प्रेमी नै हुन् । उनी वाह्य शक्तिका राम्रा गोटी हुन् । उनीलाई जसरी हुन्छ केवल प्रधानमन्त्रीको मात्र कुर्सि चाहिएको छ । उनी भन्छन्, ‘साना दुःखले आज्याको कुर्सि होइन ।’
खरेल अर्थराजनीतिक विश्लेषक हुन् ।

