निर्वाचन मिति घोषणा र संसद विघटनको अन्यौलपूर्ण परिवेशमा पनि शेयर बजार बुलिस मोडमा छ । संसद विघटनको असर नेप्सेमा परेको छैन । आइतबार नेप्से परिसूचकमा चमक आएको छ । नेप्से परिसूचक ३२.८१ अंकले बढेर २८२० बिन्दुमा पुगेको छ । बजार १.१८ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । विशेषगरी बैङ्क तथा वित्तीय संस्थाहरुको समूहमा बढोत्तरी छ । वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स समूहका सूचक बढेपछि बजारमा उत्साह थपिएको हो ।
निर्वाचन हुने वर्ष बजारमा पैसाको सहज आपूर्ति हुने आम धारणा छ । तल्लो तहसम्म पैसाको प्रवाह बढ्ने गर्छ । चुनावी माहोलमा बजारमा आएको पैसाको राम्रै हिस्सा सेयर बजारमा पनि भित्रिने गर्छ । विगतका अधिकांश चुनावी वर्षमा पनि सेयर बजार बढेको थियो ।

